ब्युटी न्युज नेपाल
काठमाडौं, १९ मंसिर

टेलिसिरियल ‘सम्बन्ध’को शीर्ष गीत सार्वजनिक भएको छ । सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा तयार भएको यो सिरियलको शिर्षक गीत सम्बन्ध… रेडबर्ड युट्युव च्यानलबाट रिलिज गरिएको हो । निर्देशक आचार्यका अनुसार टेलि सिरेल आगामी माघ ३ गते शनिबार ९ बजे प्राइम टाइम्स एचडीबाट प्रसारण हुनेछ ।

यो गीतमा नविन पन्तको शब्द, विकास चौधरीको संगीत र उषा मलह (सिम्रन)को स्वर रहेको छ । पारिवारिक टेलिसिरियलमा शिशिर राणा, सपना श्रेष्ठ, हर्षिका श्रेष्ठ, पुष्कर राउत, अस्मिता जुरेली, श्रेया दुलाल, प्रदिप गिरी, सुरेश क्षत्री, उग्रसेन ढुंगाना, रविन्द्र अधिकारीको अभिनय रहेको छ ।

काठमाडौंका विभिन्न स्थानमा छायांकन भएको टेलिफिल्ममा रामेश्वर हुमागाईंको छायांकन, विकास चौधरीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र बन्दे प्रसादको सम्पादन छ । गीता आचार्य, प्रवेश आचार्य, रवी केसी र सरला भण्डारी निर्माता रहेको टेलिसिरियलको प्रस्तुतकर्ता करुणा आचार्य हुन् । यसका सहायक निर्देशकमा राम जे राउत रहेका छन् ।