नारायण र मेलिनाको झन झन मायाँमा नरेश र एलिजा


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ मंसिर

गायक नारायण धिताल र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत झन झन मायाँ बढ्योको भिडियो सार्वजनिक भएको छ । यो गीतको भिडियो काठमाडौँमा पत्रकार भेटघाट कार्यक्रम गरेर सार्वजनिक गरिएको हो। संगीतकार तथा प्राज्ञ सुनिल मास्केको शब्द तथा संगीत रहेको गीतमा सचिन सिंहको संगीत संयोजन रहेको छ।

सार्वजनिक गीतको भिडियोमा संचारकर्मी,गीतकार तथा मोडल नरेश भट्टराई र एलिजा गौतमको अभिनय रहेको छ। एलिजा गौतमले छोटो समयमा नै एक दर्जन भन्दा धेरै भिडियोमा अभिनय गरि सकेकी छन्। उनले पछिल्लो समय चलेका प्राय सबै मोडलहरु संग भिडियोमा स्क्रीन शेयर गरि सकेकी छन् ।

भिडियोलाई युबराज वाइवाले निर्देशन गरेका हुन्। युवराज वाइवा भिडियो निर्देशनमा पछिल्लो समय व्यस्त निर्देशक हुन्, उनले तिन सय पचास भन्दा धेरै भिडियोको निर्देशन गरि सकेका छन्। निसाल पौडेलले छायाँकन गरेको भिडियो लाइ बिकाश दाहालले सम्पादन गरेका छन्।

भिडियो सार्वजनिक कार्यक्रममा संचारकर्मी, गीतकार तथा मोडल नरेश भट्टराई, एलिजा गौतम, भिडियो निर्देशक युवराज वाइवा, निर्देशक मिलन चाम्स, निर्देशक समाजका महासचिव जनकदिप पराजुली, एसपी प्रेम कुमार श्रेष्ठ, निर्माता ज्योतिराज राइ, मिस नेपाल सुगारिका केसीलगायत बाक्लो संचारकर्मीको उपस्थिति रहेको थियो। भिडियो गायकको आफ्नै च्यानल यु ट्युब च्यानल खुसीको पल मार्फत सार्वजनिक गरिएको छ।

लामो समय देखि बेल्जियममा बस्दै आएका गायक तथा समाज सेवी नारायण धिताल डेढ दशक देखि नेपाली गीत संगीत क्षेत्रमा सक्रिय छन्। यस अघि धितालका थुप्रै गीत सार्वजनिक भई सकेका छन्। धितालले तिन वटा सोलो एल्बम सार्वजनिक गरि सकेका छन्।