आज नेपालमा १३०४ लाई कोरोना, थप २१ जनाको मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ मंसिर

नेपालमा आज मँगलबार १ हजार ३०४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८ हजार ५८३ नमुना परीक्षण गर्दा ५०१ महिला र ८०३ पुरुषमष सहित १ हजार ३०४ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ५३० संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ४०९ जना, ललितपुरका ८५ जना र भक्तपुरका ३६ जना छन् ।योसँगै कुल संक्रमितको संख्या २ लाख ३४ हजार ७५६ पुगेको पनि मन्त्रलयले जनाएको छ ।

यतीबेला देशभर १६ हजार ६३३ विभिन्न आईसोलेसनमा उपचाररत छन् । उनीहरुमध्ये १० हजार ९९८ होम आइसोलेसनमा छन् भने ३७० जनाको आईसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यस्तै आज २ हजार ७३ जना कोरोना मुक्त भएका छन्। योसँगै हालसम्म २ लाख १६ हजार ५९४ जना संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट नेपालमा २१ जनाको निधन भएको छ । योसँगै हालसम्म १ हजार ५२९ जनाको नेपालमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।