ब्युटी न्युज नेपाल
काठमाडौं, १५ मँसिर

नेपालमा आज १ हजार ४७४ जनामा कोरोना भाईरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका अनुसार देशभर ९ हजार ९११ जनाको पिसिआर परिक्षण गर्दा १ हजार ४७४ मा कोरोना पुष्टी भएको हो । यो सँगै नेपालमा हालसम्म कोरोना सँक्रमित हुनेको सँख्या २ लाख ३३ हजार ४५२ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा १ हजार ९३१ जना कोरोना मुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना मुक्त हुनेको सँख्या पनि २ लाख १४ हजार ५२१ जना पुगेको छ । यस्तै यतीबेला देशभरीको विभिन्न आईसोलेसन सेन्टरमा १७ हजार ४२३ जना कोरोनाको उपचाररत छन् । यस्तै देशभरका विभिन्न क्वारेन्टाईनमा ५३५ जना रहेका छन् ।

कोरोना सँक्रमणबाट पछिल्लो २४ घन्टामा २९ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको सँख्या १ हजार ५०८ जना पुगेको छ ।