ब्युटी न्युज नेपाल
काठमाडौं, १५ मँसिर

एक भारतीय टेलीभिजन कार्यक्रमबाट प्रसारित ‘सा रे ग म प’ को फस्ट रनरअप गायक प्रितम आचार्यको स्वरमा रहेको ‘म पागल सरी…’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । यो गीतमा प्रभाकरदेव शर्माको शब्द तथा शशीविक्रम थापाको संगीत तथा संगीत संयोजन छ ।

भिडियोमा मुकेश अधिकारी, गोमा बासकोटा, निश्चल अधिकारी, लिजा बास्तोला र आयुष रिजालको अभिनय छ । रुपेश उप्रेतीको निर्देशन रहेको भिडियोमा योगेन थापाको छायांकन र सम्पादन छ । एल डी बास्तोलाले लगानी निर्माण गरेको गीतको भिडियो हाम्रो आफ्नै टिभी नामक युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

हालै अमेरिकाको इन्टरनेसनल फ्रेन्ड्स बार रेस्टुरेन्ट फेएर फिल्ड, ओहिओमा एक कार्यक्रम बीच गीतको भिडियो सार्वजनिक गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि इन्टरनेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले प्रवासमा बसे पनि नेपाली कला संगीतलाई हरेक पल सहयोग गर्ने प्रतिबद्दता व्यक्त गरेका थिए । कार्यक्रमका सभापति एलडी बास्तोलाले प्रवासमा बसेर पनि गीत सिर्जना गर्न सक्नु सराहनीय काम भएको बताए ।