ब्युटी न्युज नेपाल
काठमाडौं, १४ मंसिर

पछिल्लो समय कोरियोग्राफर माइकल चन्दको निर्देशनमा एकपछि अर्को भिडियो बजारमा आईरहेको छ । गायक ध्रुब बिस्कोको स्वरमा तयार भएको नयाँ गीत झन झन माया…को भिडियो माईकलले तयार गरेका हुन् । यो गीतलाई उनले नृत्यप्रधान शैलीमा तयार गरेका छन् ।

यो गीतको भिडियोमा अभिनेता पुष्प खड्का, नरेन खड्का, सृजना केसी र सरोज मोक्तानको नृत्य रहेको छ । उनीहरुको नृत्य निकै आकर्षक बनेको छ । यो गीतको भिडियोमा दिनेश डिसी अतिथि कलाकारको रुपमा प्रस्तुत भएका छन् ।

माइकल सेटअपको करियोग्राफी रहेको भिडियोलाई उत्सव दाहाल र टिमले छायाँकन गरेको हो । जसमा सम्पादन सिलन लम्सालको रहेको छ । गीत र भिडियो दुबै पक्षबाट उत्कृष्ट बनेको बताउँदै निर्माण पक्ष निकै आशावादी देखिन्छ ।

यो गीतमा कृष्ण केसीको शब्द तथा गायक बिस्कोको संगीत रहेको छ । गीतमा बिस्कोसँगै सरु गौतमको पनि स्वर रहेको छ । नेपाली लोक तथा पश्चिमेली संगीतलाई दक्षिण भारतीय बिटसँग मिलाएर डान्सिङ शैलीमा यो गीत तयार गरिएको धु्रब बताउँछन् । यसै बिषयमा उनले भने,‘हामीले यस गीतलाई चलचित्रको लागि भनेर तयार गरेका थियौँ । कोरोनाका कारण चलचित्रको टुंगो नभएपछि भिडियोमा ल्याएका हौं ।’