ब्यटी न्युज नेपाल
काठमाडौं १२ मंसिर,

नेपालमा आज शुक्रबार १ हजार ७०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४६० जनामा पीसीआर परीक्षण गर्दा १ हजार ७०३ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा योसँगै कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख २९ हजार ३४३ पुगेको पनि सो मन्त्रालयले जनाएको छ ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २३६ जना व्यक्तिहरु कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा २ लाख ९ हजार ४३५ जना कोरोना भाईरस मुक्त भएका छन ।

यतीबेला ६०१ जना विभिन्न क्वारेन्टाईनमा छन् । सक्रिय सँक्रमितका रुपमा १७ हजार २३७ जना विभिन्न आईसोलेसनमा कोरोनाको उपचारमा छन् ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोना सँक्रमणबाट २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सँख्या १ हजार ४३५ जना पुगेको पनि सो मन्त्रालयले जनाएको छ ।