ब्युटी न्युज नेपाल
काठमाडौं, १२ मँसिर

गीतकार तारा अधिकारीको शब्दमा रहेको नयाँ गीत पछ्यौरी…को भिडियो सार्वजनिक भएको छ । भिडियोमा निराजन प्रधान र सुशिला थापाको अभिनय छ । गीतमा कोरियोग्राफी राजीव समरको छ । बुद्ध थापाले क्यामरा चलाएको भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका छन् । भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् ।

गीतमा दीपक शर्माको संगीत, बुद्ध लामा र बेनिशा पौडेलको स्वर छ । नरेन्द्र बियोगीको संगीत संयोजन रहेको गीत प्रिज्मा रेकर्डिङ स्टुडियोमा श्याम स्वेत रसाइलीले रेकर्डिङ, मिक्सिङ गरेका हुन् ।

भिडियो सुनौलो तारा युट्युब च्यानलमा अपलोड गरिएको छ । गीतकार तारा अधिकारीका यस अघिका गीतको भिडियोलाई दर्शकहरुले मन पराईसकेका छन् । गुलेलीमा, लुकी लुकी चोरी चोरी गीतलाई दर्शकको निकै राम्रो साथ मिलेको छ ।