गिनिज आफ वल्र्डमा नेपाली म्युजिक भिडियोको अर्को किर्तिमानी


ब्युटी न्युज नेपाल
काठमाडौं, ११ मँसिर

गिनिज अफ वल्र्ड रेकर्डमा फेरी नेपालको एउटा किर्तिमानी थपिएको छ । नेपाली गीत संगीतमार्फत अर्को गिनिज अफ वल्र्ड रेकर्डमा अर्को किर्तिमानी थपिएको हो ।

चलचित्र निर्देशक माधव राज खरेल, निर्माताद्धय कमला जोशी, पुष्कर नेपाल र गायक पुर्ण राईले यो रेकर्ड बनाएका छन् । उनीहरुले यतीबेला संसारकै सबैभन्दा अग्लो स्थानमा म्युजिक भिडियो छायाँकन सहित तयार गरेर गिनिज अफ वल्र्डमा नयाँ रेकर्ड बनाएका हुन् ।

उनीहरुले संसारको अग्लो स्थानमा छायाँकन गरिएको म्युजिक भडियो हाम्रो साझा हिमाल…गीनिज बुक अफ वल्ड रेकर्डमा स्थापित गराउदै नेपालीहरुका लागी नयाँ सफलता दिलाउन सफल भएका छन् ।

हिमाल आरोहण गरेर थुप्रै नयाँ रेकर्ड सहित शेर्पा लगायत अन्य जातले गिनिज अफ वल्र्डमा रेकर्ड राख्दै नेपाललाई विश्वमा चिनाएको बेला आफुहरुले म्युजिक भिडियो मार्फत रेकर्ड बनाएको निर्देशक खरेललेबताए । अहिले सम्म कसैले पनि उक्त शिर्षकमा भिडियो निर्माण नगरेको र यो नै पहिलो सफलता भएको गीनिज बुक अफ वल्ड रेकर्डले बताएको छ । यो रेकर्ड गिनिजले बिहिबारबाट दर्ता गरेर आफ्नो वेभसाईटमा राखेको छ । अब चाँडै यसको प्रमाणपत्र आफुहरुलाई प्राप्त हुने पनि निर्देशक खरेलले बताए ।

नेपालको रमणीय पर्यटकिय नगरी सोलुखुम्बुको गोक्यो (४ हजार ७ सय ६८ मिटरको उचाईमा १० असोज २०७६मा यो गीतको छायांकन गरिएको हो । गीतमा हिमाल भनेको संसारको साझा हो र विश्वले यसलाई धर्तिको स्वर्गको रुपमा लिदै यस बताईएको छ । हिमालको संरक्षण र प्रवद्र्धनमा सबैले लाग्नुपर्नेमा भिडियोमार्फत जोड दिईएको छ । भिडियोको निर्माण पिम नेपालले गरेको हो ।

हुन पनि लामो समय देखी नेपाली चलचित्र कलाकारीता क्षेत्रमा होमिएको खरेलको टिमले पाएको सफलता सम्पुर्ण नेपाल र नेपालीहरुको लागी गौरवको विषय हो । अग्लो स्थान मात्रै नभएर एकै स्थानमा क्यामेराको एङ्गल मात्रै चेन्ज गरेर तयार पारिएको भिडियोले संसारकै उच्च सफलता दिएकोमा निर्माण टिमले खुशी व्यक्त गरेका छन् ।