ब्युटी न्युज नेपाल
काठमाडौं, १० मंसिर

नेपालमा आज बुधबार १ हजार ९४८ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार २१० नमुना परीक्षण गर्दा ७७४ महिला र ११७४ पुरुष सहित १ हजार ९४८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८३५ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ६३५ जना, ललितपुरका ११३ र भक्तपुरका ८७ जना छन् । यो सँगै नेपालमा हालसम्म कोरोना भाईरसबाट सँक्रमित हुनेको सँख्या २ लाख २६ हजार २६ पुगेको छ ।

यस्ते पछिल्लो २४ घन्टामा नेपालमा २ हजार १४० जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै हालसम्म २ लाख ७ हजार ९९८ जनाले कोरोनालाई जितेका छन् ।

मन्त्रालयका अनुसार यतीबेला मुलुकका विभिन्न आइसोलेसनमा १६ हजार ६३९ संक्रिय संक्रमित उपचारमा छन् । उनीहरुमध्ये ३४५ जनाको आईसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको पनि मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घन्टामा कोरोना सँक्रमणबाट नेपालमा २८ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाबाट १ हजार ३८९ जनाको मृत्यु भईसकेको छ ।