दर्शकले रुचाए ट्राफिक नियम सम्बन्धि गीत रातो बत्तीमा


ब्युटी न्युज नेपाल
काठमाडौं, १० मंसिर

मुलुकमा सडक दुर्घटनाको क्रम नरोकिएपछि सवारीसाधन चाकललाई सन्देश दिने उदेश्य सहित नयाँ गीत रातो बत्तीमा रोकिने हरियो हिँडने…को भिडियो रिलिज गरिएको छ । पाँच वर्ष अघि बनाएको यो गीतलाई फेरी नयाँ संगीत संयोजन र पुन रेकर्डिङ सहित नयाँ भिडियो बनाएर रिलिज गरिएको हो ।

भिडियोलाई रिलिज भएको केही दिनमै १७ लाख पटक युट्युवमा हेरिसकिएको छ । चेतनामुलक गीत यती धेरै पटक यस अघि नहेरिएको गायक सरोज ओलीको दाबी छ । गीतमा ट्राफिक नियम सम्बन्धि जानकारी दिईएको छ ।

संगीतकार जुगल डंगोलको संगीतमा यो गीतलाई रेकर्ड गरिएको छ । यही गीतबाट आधा दशक अघि गायन यात्र सुरु गरेका सरोज ओलीले यो नयाँ भर्सन पनि आफैंले गाएका छन् । यो नयाँ गीतमा सरोज ओली र एलिना चौहानको स्वर रहेको छ । गीतलाई बाबुराम दाहालले लेखेका हुन् । नयाँ गीतमा श्यामश्वेत रसाईलीको संगीत संयोजन रहेको छ ।

गीत तथा भिडियोलाई शुभ मिडिया होमले निर्माण गरेको हो । यो गीतको भिडियोलाई गज्जवको अनलाईन टिभीबाट रिलिज गरिएको छ ।

सहिन प्रजापतिको निर्देशनमा यो गीतको भिडियो तयार गरिएको छ । जसमा गायक सारोज ओली सहित अभिनेत्री रेजिना उप्रेती, कलाकारहरु सहिन प्रजापति, जिवेश सिंह गुरुङ, सुनिसा बज्गाईं, कुशल बिष्ट, अनिता बस्नेत, आस्मा गिरीको मुत्य भूमिका छ । बालकृष्ण ओलीको संयोजनमा तयार भएको यो गीतको भिडियोलाई गोकुल अधिकारीले छायाँकन, अमन मानन्धरले सम्पादन, रेनिस फागोले रंग संयोजना गरेका हुन् ।