ब्युटी न्युज नेपाल
काठमाडौं, १० मँसिर

बेलायतमा बसोबास गर्दै आएकी नेपाली चेली दिप्ता थापाले आफ्नो स्वर रहेको गीत ‘यो जिन्दगी…’ को भिडियो सार्वजनिक गरेकी छिन् । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गावहादुर सुवेदी ‘दुबसु’ले एक समारोहबीच यो गीतको भिडियो सार्वजनिक गरेका छन् ।

शिखर सन्तोषको संगीत रहेको गीतमा सन्जित देउजाको शब्द छ । गीतको भिडियो पनि गायिका दिप्तानै मोडलको रुपमा प्रस्तुत भएकी छन् । जसको कोरियोग्राफी उनकै आमा सुनिता गौतमले गरेकी छिन् । भिडियोमा छायाँकन, सम्पादन र निर्देशन कुशल श्रेष्ठको रहेको छ ।

गीत र भिडियोले प्रवासमा हुर्किएका नयाँ पुस्तालाई नेपाली गीतसंगीतमा लाग्न साथै कला, संस्कृतिको संरक्षणमा गर्न प्रेरित गर्नेमा विश्वास आफूमा रहेको गायिका दिप्ताले बताएकी छिन् ।