भिडियोमा निशान र अर्जुनको तिमीलाई देखेपछि  


ब्युटी न्युज नेपाल

काठमाडौं, १० मँसिर 

गायक निशान भट्टराईको स्वरमा युट्युव मार्फत नयाँ गीतको भिडियो रिलीज भएको छ । नयाँ ‘तिमीलाई देखेपछि माया पलायो…’ गीतको भिडियो डिभाईन म्यूजिकबाट रिलीज गरिएको हो । यो गीतमा संगीतकार अर्जुन पोखरेलको संगीत र निलकण्ठ सुवेदीको शब्द रचना रहेको छ ।

गायक भट्टराईले आफुले गाएका गीतमा मन परेका गीत मध्ये यो गीत पनि एक रहेको बताए । संगीतकार पोखरेलले यो गीतबाट आफुले निकै आशा गरेको बताए । यो गीतको भिडियोलाई प्रेमिल बनाईएको छ । युवा युवतीको भेटपछि भएका प्रेमका कुराहरु यसम समेटिएको छ ।

अमेरिकामा बस्दै आएका निर्देशक सुरेश दर्पण पोखरेलले यो गीतको भिडियोको निर्देशन गरेका छन् । संयुक्त राज्य अमेरिकाका बिभिन्न रमणिय स्थानहरुमा छायांकन गरिएको यस भिडियोमा भरत सुबेदी र शमिन श्रेष्ठले अभिनय गरेका छन् । जसमा बिनोद अधिकारीले छायांकन गरेका छन् । यसमा सम्पादन तथा कलर ग्रेडिंग भरत रेग्मीको रहेको छ ।