आज १९८० संक्रमित, नेपालमा कोरोना जित्नेहरु २ लाख पुगे


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ मँसिर

नेपालमा आज सोमबार १ हजार ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ३८१ जनामा गरिएको कोरोनाको स्वाब परीक्षणमा १ हजार ९८० जनामा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित मध्य काठमाडौमा ७७९, ललितपुरमा १०६, भक्तपुरमा ८५ जना रहेका छन् । योसँगै नेपालमा हालसम्म संक्रमितको कुल संख्या २ लाख २२ हजार २ सय ८८ जना पुगेको पनि मन्त्रालयले जनाएको छ ।

यस्तै आज ३ हजार ४३ जना कोरोना मुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा कोरोना मुक्त हुनेको सँख्या पनि २ लाख नाघेको छ । अहिलेसम्म २ लाख २ हजार ६७ जना कोरोना भाईरस मुक्त भईसकेका छन् । यतीबेला ६२९ जना विभिन्न क्वारेन्टाईनमा छन भने सक्रिया कोरोनाको उपचारमा अहिले १८ हजार ८८४ जना विभिन्न आईसोलेसनमा रहेका छन् ।

यस्तै पछिल्लो २४ घन्टामा नेपालमा कोरोना सँक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको सँख्या नेपालमा १ हजार ३३७ जना पुगेको पनि मन्त्रालयले जनाएको छ ।