ब्युटी न्युज नेपाल

काठमाडौँ, ६ मंसिर

आज शनिबार नेपालमा १ हजार ६७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा पछिल्लो समय ८ हजार १४४ जनाको स्वास्थ्य परीक्षण गर्दा १ हजार ६७४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।जसमध्य काठमाडौं उपत्यकामा ८९९ संक्रमित थपिएका छन्, उनीहरुमध्ये काठमाडौंका ६८५ जना, ललितपुरका १६५ र भक्तपुरका ४९ जना छन् । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सँख्या २ लाख १८ हजार ६३९ पुगेको छ ।

पछिल्लो २४ घन्टामा नेपालमा २ हजार ३२३ जना कोरोनाबाट मुक्त भएको पनि मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा कोरोना निको हुनेको सँख्या १ लाख ९३ हजार ३२५ पुगेको छ ।

यस्तै यतीबेला मुलुकमा २४ हजार ९ जना विभिन्न आईसोलेसनमा सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये १७ हजार २०६ जना होम आइसोलेसनमा छन् भने ३३६ जनाको आईसीयू र ४७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै देशभर ७५७ जना क्वारेन्टिनमा छन् ।

पछिल्लो २४ घन्टामा कोरोना सँक्रमणबाट ७ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको सँख्या १ हजार ३०५ जना पुगेको पनि मन्त्रालयले जनाएको छ ।