आज १९४५ जना सँक्रमित, थप २२ जनाको कोरोनाबाट मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ मंसिर,

आज शुक्रबार नेपालमा १ हजार ९४५ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा १० हजार ३४० नमुना परीक्षण गर्दा १ हजार ९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ११०७ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ८६२, ललितपुरका १७४ र भक्तपुरका ७१ जना छन् ।योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ ।

यतीबेला विभिन्न आईसोलेसनमा २४ हजार ६६५ जना कोरोनाको उपचाररत छन । यस्ते विभिन्न क्वारेन्टाईनमा ७५१ जना रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्र ५३६४ जना कोरोनाबाट मुक्त भएका हुन् । योसँगै नेपालमा हालसम्म कोरोना मुक्त हुनेको सँख्या १ लाख ९१ हजार २ जना पुगेको छ ।

पछिल्लो २४ घन्टामा कोरोनाबाट २२ जनाको नेपालमा निधन भएको छ । योसँगै आजसम्म कोरोनाबाट नेपालमा मृत्यु हुनेको कुलसँख्या १ हजार २९८ जना पुगेको पनि मन्त्रालयले जनाएको छ ।