यम र उर्मिलाको जवानीमा नाजिर र उषाको रोमान्स


ब्युटी न्युज नेपाल
काठमाडौं,५ मँसिर

गायक यम बराल र गायिका उर्मिला लाम्गादेको युगल गायनमा नयाँ गीत जवानी ताजा ताजा छ…को म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीको यस गीतका शब्द आनन्द अधिकारीले लेखेका हुन् । शिखर सन्तोषले यस गीतलाई संगीतवद्द गरेका छन् । जसमा मोहित मुनालको संगीत संयोजन छ ।

म्युजिक भिडियोमा अभिनेता नाजिर हुसेन र उषा उप्रेतीको अनस्क्रिन प्रेम र रोमान्स समेटिएको छ । हप्तैपिछे म्युजिक भिडियोमा देखिने नाजिरको भिडियोमा बिस्तारै भ्युज घट्न थालेको छ ।

रविन्द्र न्यौपानेले छायांकन गरेको यस भिडियोलाई दिपेन्द्र शाही ठकुरीले कोरियोग्राफ गरेका हुन् । भिडियोमा टेकेन्द्र शाहको सम्पादन रहेको छ । ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको यस भिडियोलाई सुदिप बरालको निर्देशनमा तयार पारिएको हो ।