योगेश र विजय दर्पणको बारीको कर्कलोमा केकी र प्रकाश


ब्युटी न्युज नेपाल
काठमाडौं,५ मँसिर

गीतकार विजय दर्पण र सङ्गीतकार योगेशकाजीले नयाँ गीत ‘बारीको कर्कलो…’ सार्वजनिक गरेका छन् । निक्कै रुचाइएको लोकगीत ‘नक्कली साली’ पछि उनीहरुले यो गीत यतीबेला ल्याएका हुन् । विष्णु माझी र बाबुकृष्ण परियारको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतको भिडियोमा प्रकाश सपुत र केकी अधिकारीलाई फिचरिङ गरिएको छ । उनीहरुको अभिनय प्रभावशाली छ । चलचित्र परदेशी २ मा नायक नायिकाको रुपमा प्रस्तुत भएका प्रकाश र केकी पछिल्लो समय भिडियोमा नियमित रुपमा देखिन थालेका छन् ।

यता गोविन्द पराजुलीको रेकर्डिस्ट र एचबीएन किस्मतको मिक्सिङ तथा माष्टरिङ रहेको छ ‘बारीको कर्कलो’ गीतमा निश्चल गुरुङ, सुरज लामिछाने, ज्ञानु परियार र जमुना सोनामको कोरस स्वर रहेको छ ।

राजकुमार मगरको निर्देशन तथा सम्पादन रहेको सार्वजनिक भिडयोमा अजय रेग्मीको छायाँकन राजिव समरको कोरियोग्राफी छ ।

अमेरिकमा बसेर गीतलेखनमा सक्रिय नाम हो विजय दर्पण । उनका धेरै गीत स्रोता÷दर्शकमाझ लोकप्रिय छन् । योगशसँग विजयको यो दोस्रो सहकार्य हो । यसअघि यिनिहरुको सहकार्यमा ‘नक्कली साली’ सार्वजनिक भएको थियो ।