आज २१०३ जना सँक्रमित, २८५८ कोरोना मुक्त


ब्युटी न्युज नेपाल

काठमाडौं ४ मंसिर,  

नेपालमा आज बिहिबार २ हजार १०३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसँख्या मान्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा मुलुकका विभिन्न प्रयोगशालामा ९ हजार ८०५ कोरोनाको लागि नमुना परीक्षण गर्दा २ हजार १०३ जनामा  कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको पनि मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना सँक्रमणबाट २ हजार ८५८ जना मुक्त भएका पनि मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म १ लाख ८५ हजार ६३८ जना कोराना संक्रमणबाट मुक्त भएका छन् ।

यस्तै मुलुकका विभिन्न आईसोलेसनमा यतीबेला २८ हजार १०६ सक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घन्टामा नेपालमा १७ जनाको मृत्यु कोरोनाबाट भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको सँख्या १ हजार २७६ जना पुगेको छ ।