गायिका स्मिताले गरिन राजेश हमालसँग भिडियो रोमान्स


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ मँसिर

अग्रज अभिनेता राजेश हमाल आफ्नो छोरीकी उमेरकी गायिका स्मिता दाहालसँगै उनकै भिडियोमा जोडी बनेर प्रस्तुत भएका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहालकी नातिनी स्मीताले राजेश हमालको जोडीको रुपमा यसपटक आफैंले अभिनय गरेकी हुन् । भिडियोको रुपमा ल्याईएको यो नयाँ गीत ’मालिङ्गो’ स्मीता र राजनराज शिवाकोटीको स्वर रहेको छ ।

भिडियोमा राजेश हमाल पत्रिका पुर्याउने हकरको भूमिकामा देखिएका छन् । जसमा बलात्कार हुनबाट जोगिएकी किशोरीको कथालाई देखाएको छ ।

सुनिता नेपाल सुवेदीको शब्द रहेको गीतमा राजनराज शिवाकोटीको संगीत, उदयराज पौडेलको एरेन्ज, श्यामस्वेत रसाइलीको मिक्सिङ छ ।

भिडियोमा सम्पादन भुपेन्द्र अधिकारी तथा कलर रेनिस फागोको रहेको छ । सुनिल क्षत्रीको अवधारणा र कोरियोग्राफीमा बनेको भिडियो नवराज उप्रेतिले खिचेका हुन । जसुमा सरोज ओलीको निर्देशन रहेको छ ।