आज १४४२ जनामा कोरोना, थप १२ जनाको मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ मंसिर,

तिहार पर्व लगायत विभिन्न कारणले पछिल्लो समय पिसिआर कम परिक्षण हुँदा नेपालमा कोरोना सँक्रमितको सँख्या पनि घटेको देखिएको छ । आज बुधबार नेपालमा १ हजार ४४२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६७३१ जनामा गरिएको कोरोना परीक्षणमा ९०८ पुरुष र ५३४ जना महिला गरी जम्मा १ हजार ४४२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ । पछिल्लो २४ घण्टामा ३५३८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घन्टामा ३ हजार ५३८ जना कोरोेना मुक्त भएका छन् । यो सँगैहालसम्म १ लाख ८२ हजार ७८० जना संक्रमणमुक्त भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ८७८ रहेको छ । यस्तै यतीबेला विभिन्न क्वारेन्टाईनमा ९०१ जना रहेको पनि मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट पछिल्लो २४ घन्टामा नेपालमा १२ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सँख्या पनि १ हजार २५९ जना पुगेको छ ।