अफ्रिकाको सेसेल्समा नेपालीले खेले देउसी भैलो


ब्युटी न्युज नेपाल
काठमाडौं, २ मँसिर

नेपालीहरुले तिहारको अबसरमा नेपालमो देउसी भैलो खेल्नु त स्वभाविकै हो । तर पुर्वी अफ्रीकी देश सेसेल्सको दोश्रो ठुलो टापु प्रास्लिनमा कार्यरत नेपालीहरूले पनि त्यहाँ भेला भएर देउसी भैलो खेल्दै शुभकामना आदान प्रदान सहित तिहार मनाएका छन् । यो देउसी भैलो त्यहाँका बासिन्दालाई अनौठो र रमाईलो लाग्यो ।

गायक, गीतकार पुरूषोत्तम अधिकारीको संयोजनामा भएको सो कार्यक्रममा अधिकारीले देउसी भट्याएका थिए । वरिष्ठ गाएक रामेश श्रेष्ठले नेपालबाट प्रत्यक्ष रुपमा टेलीफोनमार्फत् शुभकामना सन्देश दिएपछि कृष्ण बहादुर श्रेष्ठको अध्यक्षतामा आफुहरुले देउसी भैलो कार्यक्रम आयोजना गरेको अधिकारीले बताए ।

उनका अनुसार गायक श्रेष्ठले शुभकामना सन्देशमा हामी नेपाली जो जहाँ रहेपनि रितिथिति परमपराको निरन्तरतामा सदैव समर्पित रहदै राम्रो पक्षलाई जगेर्ना गर्न र नराम्रो पक्षलाई सुधार्न तथा आफ्नो माटो प्रति सदा ईमान्दार रहन र ऐक्यवद्व हुन आव्हान गर्दै परदेशमा देश सम्झनेहरु सबैप्रति अत्यन्तै खुसि व्यक्त गरेका थिए ।

महिला दिदिबहिनि सहितको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रमका सहभागीहरुले प्रवासमा रहेर पनि मौलिकतालाई आधार मानेर गरेको कार्यक्रम अभूतपूर्व रह्यो भन्दै खुलेर प्रशंसा गरेको पनि पुरुषोत्तमले जानकारी गराए । अफ्रिकी मुलुकमा पनि हाफुहरुले मौलिक सँस्कृति जगेर्नाको कार्य गरेको पनि उनले बताए ।

सो क्रममा सेसेल्सकै राजधानी भिक्टोरिया, माहेमा कार्यरत गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद सेसेल्सका अध्यक्ष आर पी पन्तले पनि टेलिफोन मार्फत आफुहरुलाई शुभकामना तथा बधाई सन्देश दिएका पनि पुरुषोत्तमले बताए ।

शुभकामना सन्देशमा अध्यक्ष आर पी पन्तले आफु उपस्थित हुन नसके पनी भावनात्मक रूपमा सदैव साथ रहेको र हाम्रा मौलिकता र परम्पराले हामि नेपालीलाई एकतामा जोडिन सहजता प्रदान गर्ने विश्वास लिएको बताएका थिए।
त्यसैगरि कार्यक्रमका आयोजक सदस्य एवम् गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद सेसेल्सका उपाध्यक्ष मनोज बिकले सन्देशकै क्रममा सेसेल्समा एनआरएनए स्थापना देखी हाल सम्मका आरोह अबरोह, नेपालीहरूका समस्यामा खेल्दै आएको प्रभावकारि भूमिकाबारे आफ्नो भनाई राखे ।