रँगौलीमा रमाए नायिकाहरु 

ब्युटी न्युज नेपाल

काठमाडौं, ३० कात्तिक

तिहारको चौथो दिन आज गोवर्धन पुजा अर्थात हलितिहार । हिजो नेपालीहरुले घर घरमा दीप प्रज्वलन गरेर दीपावलीसँगै लक्ष्मीपूजा गरेका छन् । सो अबसरमा आफ्नो घरको आँगन, सँगार तथा बैठक कक्षलाई रँगौली बनाएर सजाए अनि भव्य दिपावली गरे । यसै क्रममा नेपाली चलचित्रका अभिनेत्रीहरुले पनि आफैंले रँगौली बनाएर दीपावली गरेका छन् ।

यसै क्रममा अभिनेत्री रेखा थापाले पनि रँगौली बनाएर घर सजाएर यसपटकको लक्ष्मी पूजा गरेकी छिन् । कोरोनाको महामारीले गर्दा तिहारमा आफु घरमै पूजा गरेर रमाएको उनले बताएकी छिन् ।

Posts Middle Ads (750px wide)

अभिनेत्री प्रियँका कार्कीले ललितपुरको भैंसेपाटी स्थित आफ्नो नयाँ घरमा रँगौली बनाएर अभिनेता एवम् पति आयुष्मान देसराज जोशीसँग दीपावली गरेकी छिन् ।

अभिनेत्री पूजा शर्माले पनि जाउलाखेल स्थित आफ्नो घरमा रँगौली बनाएर परिवारसँग लक्ष्मीपूजा भव्यपूर्व सम्पन्न गरेकी छिन् ।

यस्तै अभिनेत्री रेजिना उप्रेतीको लक्ष्मीपूजा पनि त्यतिकै राम्रो भएको छ । उनले पनि रँगौलीले घर सजाएर लक्ष्मीपूजा सम्पन्न गरिन् ।

अर्की अभिनेत्री शिल्पा मास्केको पनि दिपावली तथा लक्ष्मीपूजा निकै रमाईलो भएको छ । उनले पनि यसरी रँगौली बनाएर घर सजाउँदै लक्ष्मीपूजा गरेकी छिन् । यसरी अरु थुप्रै नायिकाहरुले रँगौली बनाएर घर सजाउँदै दीपावली गरेर लक्ष्मी पूजासम्पन्न गरेका छन् ।

 

After Posts Ad 2 (750px wide)

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More