दर्शकलाई सुगमको मायालु साबुन


ब्युटी न्युज नेपाल

काठमाडौं, २९ कात्तिक  

गायक सुगम पोखरेल एक समयको चर्चित मायाँलु सावुनको नाममा नयाँ गीत ल्याएका छन् । आफ्नो नयाँ गीत ‘मायालु साबुन…’को भिडियो दर्शक तथा स्रोतामाझ आफ्नै युट्युव च्यानलबाट रिलिज गरेका छन् । तिहारको अबसर पारेर उक्त गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतको शब्द तथा संगीत पनि गायक पोखरेलले नै तयार पारेका छन् ।

गीतको संगीत संयोजन, रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ भने शैलेन्द्र एम प्रधान बाबुले गरेका हुन् । गीतको भिडियो निकै आकर्षक बनेको छ । भिडियोमा गायक सुगम पोखरेलको साथमा मोडल दीपक घिमिरे, पूजा गिरी, नीभा अधिकारी र इकृना बल्लको अभिनय छ । भिडियोमा गायक पोखरेल भिन्न गेटअपमा प्रस्तुत भएका छन् ।

नितिन चन्दद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोलाई रुपेश थापाले छायांकन गरेका हुन् । जसमा पदम सुवेदीको सम्पादन रहेको छ । विशाल महराले भिडियोमा कोरियोग्राफी गरेका छन् ।