आज २१११ जना सँक्रमित, कोरोनाबाट थप १३ को मृत्यु


ब्युृटी न्युज नेपाल
काठमाडौं, २८ कात्तिक

नेपालमा आज शुक्रबार २ हजार १११ जनामा कोरोना भाइरस संक्रमण भएको छ । पछिल्लो २४ घन्टामा ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गर्दा २१११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सँक्रमित मध्य काठमाडौं उपत्यकामा १ हजार २०७ जना सँक्रमित भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६ हजार ३५३ पुगेको छ ।

यस्तै यतीबेला विभिन्न क्वारेन्टाईनमा ९८६ जना रहेका छन् । मुलुकका विभिन्न आईसोलेसन सेन्टरमा यतीबेला ३७ हजार २२ जना उपचाररत रहेको पनि मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ३५३७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ६८ हजार १२९ रहेको पनि मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोना सँक्रमणबाट १३ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । यो सँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको सँख्या १ हजार २०३ जना पुगेको छ ।