ब्यटी न्युज नेपाल
काठमाडौँ, २७ कात्तिक

राहुल रक्स र मेलिना राईको स्वरमा नयाँ गीत जिवन सुनमा सुगन्ध…’ सार्वजनिक गरिएको छ। गीतमा सुरज अधिकारी (सुर रक्स) को शब्द तथा संगीत रहेको छ । माया प्रेमको भाव बोकेको गीतमा महाराज थापाको संगीत संयोजन रहेको छ ।

सञ्चारकर्मी तथा गायक समेत रहेका सुरज पौडेलले भिडियोलाई निर्देशन गरेका छन् । लामो समय देखि चलचित्र पत्रकारितामा सक्रिय सुरजको यो पहिलो निर्देशकीय भिडियो हो।

उत्सव दाहालले छायाँकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका छन्। भिडियो ओएसआर डिजीटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो। जगत रेग्मीले कोरियोग्राफी गरेको भिडियोलाई प्रिजम मुभिजले निर्माण गरेको हो। भिडियोमा जुना गुरुङ र शान्तकारम थापा फिचर्ड छन्।