आज १९१३ जना सँक्रमित, थप २६ को कोरोनाबाट मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ कात्तिक

नेपालमा आज बिहिबार १ हजार ९१३ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार २२ नमुना परीक्षण गर्दा ७५९ महिला र ११५४ पुरुष गरी १ हजार ९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सँक्रमित २ लाख नाघेको छ । यो सँगै हालसम्म कुल संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ । आज सबैभन्दा बढी काठमाडौं उपत्यकामा ९३७ जना सँक्रमित छन् । जसमध्ये काठमाडौंका ७६४ जना, ललितपुरका १२६ र भक्तपुरका ८३ जना छन् ।

यस्तै कास्कीका ७१ जना, मोरङका ५७, रुपन्देहीका ५६, तनहुँका ५२, दाङका ५१, काभ्रे र कैलालीका ५०र५० जना, झापाका ४९, बाँकेका ४४, सुनसरी र चितवनका ३९र३९ जना, मकवानपुरका ३६, बर्दियाका २१, स्याङ्जाका २०, गुल्मीका १९, नुवाकोटका १८, पाल्पाका १७, सिराहाका १६, धनुषा, दोलखा र कञ्चनपुरका १४र१४ जना, नवलपरासीका १३, पर्सा, गोरखा र लमजुङका १२र१२ जना, धादिङका ११ र बाग्लुङका १० जनामा संक्रमण पुष्टि भएको छ ।

सिन्धुपाल्चोक र बझाङका ९र९ जना, सर्लाही, नवलपुर र डडेलधुराका ८र८ जना, सप्तरी र प्युठानका ६र६ जना, महोत्तरी, रौतहट, सिन्धुली, पर्वत र रुकुम पश्चिमका ५र५ जना, उदयपुर, बारा, कपिलवस्तु, दैलेख र सल्यानका ४र४ जना, ओखलढुंगा, धनकुटा, रामेछाप, मुस्ताङ र सुर्खेतका ३र३ जना, ताप्लेजुङ, अर्घाखाँची, रोल्पा, अछाम, बाजुरा र बैतडीका २र२ जना तथा तेह्रथुम, भोजपुर, सोलुखुम्बु, रसुवा, जुम्ला, हुम्ला र डोटीका १र१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २६ जनाको कोरोना सँक्रमणबाट मृत्यु भएको छ । यो सँगै कोरोनाबाट हालसम्म मृतकको सँख्या १ हजार १८९ जना पुगेको छ ।

देशभर ३८ हजार ४६१ संक्रिय संक्रिमित छन् । उनीहरुमध्ये २९ हजार ३८४ होम आइसोलेसनमा छन् भने ३७३ जनाको आईसीयू र ८७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै आजसम्म १ लाख ६४ हजार ५९२ जना कोरोना मुक्त भएको पनि मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्र २३४९ जना संक्रमणमुक्त भएका हुन् ।