भुवनहरिले ल्याए उपन्यास लालस


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ कात्तिक

आख्यानमा आफ्नो छुट्टै परिचय बनाएका वरिष्ठ साहित्यकार भुवनहरि सिग्देलले आफ्नो ३५ औं कृति ‘लालस’ उपन्यास बजारमा ल्याएका छन् । यो तिहारको अबसर पारेर पुस्तकलाई ल्याईएको हो ।

विविध विधामा कलम चलाउने स्रष्टा भुवनहरि सिग्देलको यो आख्यानका हिसाबले नवौँ हो । एक समारोहबीच काठमाडौंमा समालोचक राजकुमार बानियाँ, उपन्यासकारद्वय शैलेन्द्र अधिकारी र तर्कना शर्मा, प्रकाशक श्रीमती शोभा पौडेल, डिजाइनर सन्तोष दाहाल र लेखक भुवनहरि सिग्देलले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका हुन् ।

साहित्यिक र राजनीतिक तथा विश्लेषणात्मक पुस्तकहरू प्रकाशनमा अग्रणी संस्था शिखा बुक्सले सो उपन्यास बजारमा ल्याएको हो । शिखा बुक्सबाट प्रकाशित उक्त उपन्यासको मूल्य ४२५ रहेको छ । ‘लालस’ आजबाट नै बजारमा उपलब्ध रहेको प्रकाशकले बताएका छन् ।

‘लालस’ उपन्यासमा संवेदनशील भावुकता, लालित्यपूर्ण भाषाशैली र करुणामय बोध रहेकाले उपन्यास सबैखालका पाठकको मन जित्न सफल हुने कुरामा ढुक्क रहेको प्रकाशक पुष्पराज पौडेलले बताए ।