आज २७५३ जनामा कोरोना, थप १७ को मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ कात्तिक

नेपालमा आज २ हजार ७५३ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण देखिएको छ । मुलुकका विभिन्न ल्याबमा १० हजार ४२३ नमुना परीक्षण गर्दा २ हजार ७५३ जनामा कोरोना भाइरस देखिएको हो । जसमा १०७७ महिला र १६७६ पुरुष रहेका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १५१२ संक्रमित थपिएका छन्, जसमध्ये १२९४ काठमाडौं, १४१ ललितपुर र ७७ जना भक्तपुरका छन् ।

यस्तै मोरङका २४५ जना, सुनसरीका १३३, रुपन्देहीका ८५, कास्कीका ८२, कैलालीका ७७, काभ्रेका ७३, झापाका ५८, नुवाकोटका ३७, मकवानपुरका ३३, पाल्पाका २४, बाँकेका २२, कपिलवस्तुका २१, उदपयपुर, बारा, बर्दिया र कञ्चनपुरका १९र१९ जना, खोटाङका १८, रोल्पाका १६, गोरखाका १५, सिराहाका १४, सिन्धुपाल्चोक, नवलपरासी र जुम्लाका १२ र १२ जना, बाग्लुङका ११, धनुषा, सप्तरी, सर्लाही, चितवन, लमजुङ र दाङका १० र १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्याङ्जाका ९ जना, धादिङका ७, पर्सा, रौतहट, दैलेख र बझाङका ५र५ जना, इलाम, धनकुटा, महोत्तरी, दोलखा, रसुवा, रामेछाप, तनहुँ, नवलपुर र गुल्मीका ४र४ जना, तेह्रथुम, भोजपुर, संखुवासभा, सिन्धुली, प्युठान र मुगुका ३र३ जना, सोलुखुम्बु, अर्घाखाँची र डोल्पाका २र२ जना, ओखलढुंगा, ताप्लेजुङ, कालीकोट, सुर्खेत, हुम्ला, अछाम र डोटीका १ र १ जनामा संक्रमण देखिएको छ ।

यस्तै १ लाख ५५ हजार ११४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २ हजार २०६ जना संक्रमणमुक्त भएका हुन् । देशभर ३५ हजार ४३५ सक्रिय सक्रमित रहेका छन् । आज नेपालमा कोरोना सँक्रमणबाट १७ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सँख्या १ हजार ८७ जना पुगेको छ ।