नेपालमा आज २९०९ जनामा कोरोना, ४५०० जना डिस्चार्ज


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ कात्तिक

नेपालमा आज शुक्रबार २ हजार ९०९ जनामा कोरोना सँक्रमित देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार १५३ जनाको पिसिआर परिक्षण गर्दा २ हजार ९०९ जनामा कोरोना सँक्रमण पुष्टी भएको हो । यो सँगै नेपालमा हालसम्म १ लाख ८८ हजार ८३३ जना सँक्रमित भईसकेका छन् । यस्तै आज काठमाडौं उपत्यकामा १ हजार ३३८ जना कोरोना सँक्रमित भएको पनि डा. गौतमले बताए ।

आज नेपालमा ४ हजार ५०० जना कोरोना मुक्त भएका छन् । यो सँगै हालसम्म नेपालमा १ लाख ५२ हजार ९०८ जना कोरोना मुक्त भएको पनि डा. गौतमले बताएका छन् ।

हाल देशभर विभिन्न आईसोलेसन सेन्टरमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३४हजार ९०५ जना उपचाररत छन् । यस्तै विभिन्न क्वारेन्टिनमा यतीबेला १ हजार २५४ जना रहेका छन् ।

पछिल्लो २४ घन्टामा १८ जनाको निधन भएको छ । यो सँगै कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या १ हजार ७० जना पुगेको पनि डा. गौतमले बताए ।