आज ३३०९ जना सँक्रमित, कोरोनाबाट थप ३० जनाको निधन


ब्युटी न्युज नेपाल
काठमाडौं, १९ कात्तिक

आज बुधबार नेपालमा ३ हजार ३०९ जना कोरोना सँक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १३ हजार १४४ जनाको पिसिआर परिक्षण गर्दा ३ हजार ३०९ जनामा कोरोना सँक्रमण पुष्टी भएको हो । यो सँगै नेपालमा हालसम्म १ लाख ८२ हजार ९२३ जना सँक्रमित भईसकेका छन् । यस्तै आज काठमाडौं उपत्यकामा १ हजार ८७८ जना कोरोना सँक्रमित भएको पनि डा. गौतमले बताए ।

आज नेपालमा ३ हजार ८४४ जना कोरोना मुक्त भएका छन् । यो सँगै हालसम्म नेपालमा १ लाख ४४ हजार ९७८ जना कोरोना मुक्त भएको पनि डा. गौतमले बताएका छन् ।

हाल देशभर विभिन्न आईसोलेसन सेन्टरमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३६हजार ९११ जना उपचाररत छन् । यस्तै विभिन्न क्वारेन्टिनमा यतीबेला १ हजार ३०५ जना रहेका छन् ।

पछिल्लो २४ घन्टामा ३० जनाको निधन भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको सँख्या १ हजार नाघेको छ । यो सँगै कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या १ हजार ३४ जना पुगेको पनि डा. गौतमले बताए ।