‘कृष्ण लिला’मा दीपिकाको ठाउँमा श्रद्धा अनुबन्धित


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ कात्तिक

फिल्म ‘कृष्ण लिला’बाट अभिनेत्री दीपिका प्रसाई बाहिरिएकी छिन् । उनको ठाउँमा नायिकाको रुपमा श्रद्धा क्षेत्री अनुबन्धित भएकी छन् । नायिकामा यस अगाडि अभिनेत्री दीपिका प्रसाई अनुबन्धित भएकी थिइन् ।

तर, स्वास्थ्यका कारण अभिनेत्री दीपिकाले अभिनय गर्न नसक्ने बताएको कारण उक्त भुमिकामा निर्माण युनिटले अहिले श्रद्धालाई अनुबन्धित गरेको बताएको छ ।

फिल्ममा अभिनेत्रीको रुपमा दीपिकाको ठाउमा श्रद्धा भित्रिएको निर्माता रत्न श्रेष्ठले जानकारी दिए । दीपिका केही समययता थाइराट र माइग्रेसनको समस्याले पिडित रहेको र फिल्म अभिनय गर्न असमर्थ भएको उनका पति दीवाकर भट्टाईरले बताएको कारण फिल्ममा अभिनेत्री परिवर्तन गर्नु परेको निर्माता श्रेष्ठको भनाई रहेको छ । मुम्बईमा मोडलिङ गरिररहेकी श्रद्धाले अव फिल्ममा अभिनेता पुष्प खड्कासँग रोमान्स गर्नेछिन् ।

फिल्ममा श्रद्धाको सँगै पुष्प खड्का, बुद्धि तामाङ, रविन्द्र झालगायतका कलाकारको अभिनय रहनेछ । दीपक ओलीले निर्देशन गर्न लागेको फिल्मका प्रस्तुतकर्तामा रोहित कट्टेल हुन् । रत्न श्रेष्ठ निर्माता रहेको फिल्म शिव ढकालले खिच्दैछन् ।

सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको कथा, पटकथा तथा संवाद रहेको फिल्मको मँसिर १५ गतेबाट छायाँकन सुरु हुनेछ ।