स्वरुपराजको झुल्के घाममा मण्डल र सृजना


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ कात्तिक

गायक स्वरूपराज आचार्य र गायिका दीपा लामाको स्वरमा नयाँ गीत बिहानी को झुल्के घाम झैँ…को भिडियो सार्वजनिक गरिएको छ । यो गीतको भिडियोलाई रामशोभा राई अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

यो गीतमा गीतकार भरत लोहोरुङ्ग राईको शब्द रहेको छ । गीतमा डि आर अटुले संगीत भरेका हुन् । जसमा राजु कार्कीले एरेन्ज गरेका हुन् । भिडियोमा मण्डल थेबे र सृजना निङ्गलेखुको अभिनय रहेको छ । यी दुईको जोडी जमेको देखिन्छ । गीतलाई छायांकन निर्देशन र सम्पादन सुल्तान यिधिङ्गोले गरेका हुन् ।