आज नेपालमा २९३३ जना सँक्रमित थप, थप २४ को मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ कात्तिक

आज सोमबार नेपालमा २ हजार ९३३ जना कोरोना सँक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १३ हजार ४४६ जनाको पिसिआर परिक्षण गर्दा २ हजार ९३३ जनामा कोरोना सँक्रमण पुष्टी भएको हो । यो सँगै नेपालमा हालसम्म १ लाख ७६ हजार ५०० जना सँक्रमित भईसकेका छन् । यस्तै आज काठमाडौं उपत्यकामा १ हजार ६३० जना कोरोना सँक्रमित भएको पनि डा. गौतमले बताए ।

आज नेपालमा ३ हजार १५० जना कोरोना मुक्त भएका छन् । यो सँगै हालसम्म नेपालमा १ लाख ३७ हजार ९९२ कोरोना मुक्त भएको पनि डा. गौतमले बताएका छन् ।

हाल देशभर विभिन्न आईसोलेसन सेन्टरमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३७ हजार ५२४ जना उपचाररत छन् । यस्तै विभिन्न क्वारेन्टिनमा यतीबेला २ हजार ११९ जना रहेका छन् ।

पछिल्लो २४ घन्टामा २४ जनाको निधन भएको छ । यो सँगै कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या ९८४ जना पुगेको पनि डा. गौतमले बताए ।