नक्कली प्रचण्ड प्रदीपले निर्माण गरेको ‘१२ मासे’लाई रुचाए दर्शकले


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ कात्तिक

कमेडी चलचित्र ‘१२ मासे’ यु ट्युबमा सार्वजनिक गरिएको छ । हाँस्य कलाकारहरुको बाहुल्यता रहेको यो चलचित्र एक हप्ता अघि हाइलाइट्स नेपालको अफिसियल यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । जुवा तासमा हल्लिने युवा तथा बृद्धहरुको कथालाई उठाइएको चलचित्रलाई युट्युबमा हेर्ने दर्शकले मन पराएका छन् । नक्कली प्रचण्डको नामले परिचित हाँस्य कलाकार प्रदिप पाठकले लेखन तथा निर्माण गरेको चलचित्र ‘१२ मासे’ नेपालको युट्युब ट्रेण्डिङ्गमा अहिले पनि माथि चढीरहेको छ ।

लय संग्रौलाले निर्देशन गरेको चलचित्रमा जय किशन बस्नेत, पुजना प्रधान, मरिचमान श्रेष्ठ, पुरन थापा, प्रदीप पाठक, सोनिका बास्तोला, सबनम दाहाल, राधा श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ। चलचित्रमा अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको छ । बासु न्यौपानेले छायांकन गरेको चलचित्रलाई अनन्त घिमिरेले सम्पादन गरेका हुन् ।