जनकको सिमसिमे पानी…मा रमेश र रोलीको रोमान्स


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ कात्तिक

लोक शैलीको नृत्य प्रधान गीत ‘सिमसिमे पानी पर्यो…’को भिडियो सार्वजनिक गरिएको छ । गीतकार जनक रावलको शब्द, किरण माइकल घिमिरेको सङ्गीतमा रहेको यो गीतमा रुपक डोटेल र शसिका राईको स्वर रहेको छ ।

गीतको भिडियो बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको हो । सार्वजनिक गीत गीतकार रावलको ‘निश्चल प्योरनेश अफ हर्ट द म्युजिक’ एल्बम समावेश छ ।

गीतकार रावलले ‘भुल्यौं कि मायाले…’ गीतको भिडियो सार्वजनिक गरेको केही दिनमा सोही एल्बमको अर्को गीत ‘सिमसिमे पानी पर्यो…’ सार्वजनिक गरेका हुन् । यादव पुडासैनीको निर्देशन रहेको गीतको भिडियोले बालापनको कथा बोकेको छ । भिडियोमा बालपनका कुरालाई नबिर्सिएर ताजैं स्मरण गरेको भावहरु छर्लङ्ग दर्शाइएको हेर्न पाईन्छ ।

गीतको भिडियोमा बालापनको अभिनयमा निश्चल रावल र निकिशा बिमलीलाई प्रस्तुत गरिएको छ । यिनै दुई बाल बालिकाको युवाअवस्थाको प्रस्तुतिमा रमेश चन्द सोडारी र रोली तामाङ प्रस्तुत गरिएको छ ।

नारायण रिजालको कोरियोग्राफी रहेको गीतको भिडियोमा कन्सेप्ट र क्रियशन गीतकार स्वयंको हो । सुरज लामिछानेको मुख्य सहायक निर्देशन रहेको भिडियोमा सुरेश बज्राचार्यको छायाँकन र मित्रदेव गुरुङको सम्पादन छ । गीत जति राम्रा छ गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको छ ।

सञ्चारकर्मी जनक रावलका पाँच दर्जन भन्दा बढी गीत स्रोता/दर्शकमाझ आइसकेका छन् । धेरै गीत मार्फत उनी स्रोता/दर्शकबीच परिचित छन् । यसपाली लोकशैलीको अलिक पृथक गीत पस्किएको छु । आशा छ मेरो यसअघिका गीत जस्तै यसले पनि सबैको साथ सहयोग पाउने छ’, जनकले भने ।