आज २५५८ जना सँक्रमित, थप १७ जना कोरोनाबाट मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ कात्तिक

आज शनिबार नेपालमा २ हजार ५५८ जनामा कोरोना भाईरस सँक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न ल्याबमा ९ हजार २७९ जनाको गरिएको पिसिआर परिक्षणमा २ हजार ५५८ जनामा कोरोना भाईरस सँक्रमण पुष्टि भएको हो । नेपालमा योसँगै कोरोना सँक्रमितको सँख्या १ लाख ७० हजार नाघेको छ । हालसम्म नेपालमा १ लाख ७० हजार ७४३ जनामा कोरोना सँक्रमण पुष्टी भईसकेको छ ।

मन्त्रालयका पछिल्लो २४ घण्टामा २ हजार २६४ जना कोरोना भाईरस मुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना भाईरस मुक्त हुनेको सँख्या १ लाख ३१ हजार २२२ जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ३८ हजार ५८४ जना विभिन्न आईसोलेसनमा उपचाररत छन् । यस्तै विभिन्न क्वारेन्टिनमा २ हजार ४१० जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सँक्रमणबाट नेपालमा १७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या ९३७ पुगेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।