थप १ हजार ९ सय ५४ संक्रमित, २ हजार ९ सय ८१ डिस्चार्ज


ब्यूटी न्यूज नेपाल
काठमाडौं, कार्तिक १२

पछिल्लो २४ घन्टामा नेपालमा १ हजार ९ सय ५४ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले विगत २४ घन्टा २ हजार ९ सय ८१ जना कोरोनाबाट निको भएको र ११ जनाले ज्यान गुमाएको बताए ।

मंगलबारसम्म नेपालमा १ लाख ६२ हजार ३ सय ५४ जनामा कोरोना संक्रमण देखिएको छ भने तीमध्ये १ लाख २१ हजार ८ सय २४ जना निको भएका छन्। अहिलेसम्म कोरोनाबाट ८ सय ८७ जनाले ज्यान गुमाएका छन्।