थप ५ सय ७० संक्रमण, ३ हजार १ सय ६८ संक्रमण मुक्त


ब्यूटी न्यूज नेपाल

काठमाडौं, कार्तिक ११

पछिल्लो २४ घण्टामा थप ५ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका ल्याबमा जम्मा २ हजार ७ सय २५ नमुना परीक्षण हुँदा यो संख्यामा नयाँ थप संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ । उनीहरुमध्ये १ लाख १८ हजार ८४३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार १ सय ६८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै थप १४ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ८ सय ७६ पुगेको छ ।