आज २८५६ जना सँक्रमित, ३३३६ जना कोरोना मुक्त


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ कात्तिक

आज आईतबार नेपालमा २ हजार ८५६ जनामा कोरोना भाईरस सँक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न ल्याबमा गरिएको परिक्षणमा २ हजार ८५६ जनामा कोरोना भाईरस सँक्रमण पुष्टि भएको हो । नेपालमा योसँगै कोरोना सँक्रमितको सँख्या १ लाख ५८ हजार नाघेको छ । हालसम्म नेपालमा १ लाख ५८ हजार ८९ जनामा कोरोना सँक्रमण पुष्टी भईसकेको छ ।

मन्त्रालयको बिज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३३६ जना कोरोना भाईरस मुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना भाईरस मुक्त हुनेको सँख्या १ लाख ११ हजार ६७० जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ४५ हजार ५७२ जना विभिन्न आईसोलेसनमा उपचाररत छन् । यस्तै विभिन्न क्वारेन्टिनमा ३ हजार ६४ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सँक्रमणबाट ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या ८४७ पुगेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।