नेपालमा आज २२२५ जना सँक्रमित, कोरोनाबाट थप १३ को मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौँ, ८ कात्तिक

आज शनिबार नेपालमा २ हजार २२५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न ल्याबमा गरिएको परिक्षणमा २ हजार २२५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सँक्रमितको सँख्या १ लाख ५५ हजार नाघेको छ । हालसम्म नेपालमा १ लाख ५ हजार २३३ जनामा कोरोना सँक्रमण पुष्टी भईसकेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ८४६ जना कोरोना भाईरस मुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना भाईरस मुक्त हुनेको सँख्या १ हजार ८ हजार ३३४ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ४६ हजार ५७ जना विभिन्न आईसोलेसनमा उपचाररत छन् । यस्तै विभिन्न क्वारेन्टिनमा ३ हजार ३२२ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सँक्रमित १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या ८४२ पुगेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।