सेलिब्रेटी नेपालले ‘चिलगाडी’ बनाउँदै, नायकमा नाजिर


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ कात्तिक

नयाँ चलचित्र ‘चिलगाडी’ निर्माण हुने भएकोछ । सञ्चारकर्मी रघुनाथ सापकोटाले यो चलचित्रले निर्माण गर्न लागेको हो । आज फूलपातीको शुभ दिन पारेर औपचारिक यो चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको छ ।

सेलिब्रेटी नेपालको ब्यानरमा बन्ने चलचित्र चिलगाडीको मुख्य अभिनेतामा नाजिर हुसेनलाई अनुबन्धित भएका छन् । नाजिरको अपोजिट नायिकाको लागि रोल सुहाउने अभिनेत्रीको खोजि कार्य भई रहेको निर्माण टिमले जानकारी गराएको छ ।

चलचित्र निर्देशक समाजका महासचिव समेत रहेका निर्देशक जनकदिप पराजुलीले चलचित्रको निर्देशन गर्नेछन । सामाजिक विषयवस्तुमा आधारित भएर निर्माण हुने ‘चिलगाडी’ ले युवा पुस्ताको प्रतिनिधित्व गर्दै बिशेष संदेश समेत बोक्ने निर्माता सापकोटाले बताएका छन् । चलचित्रले नेपाली समाजको कहालीलाग्दो यथार्थलाई प्रस्तुत गर्नेछ ।

चलचित्रको पटकथा तथा संवाद यम थापाले लेखेका हुन् । सागर प्रधानले छायाँकन गर्ने चलचित्रको अन्य कलाकार तथा प्राबिधिकहरु फाईनल हुन बाँकि रहेको छ । आगामी फागुनमा फ्लोरमा जाने तयारीमा रहेको चलचित्र २०७८ सालको दशैंमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।