नेपालमा आज ४४९९ जना सँक्रमित, कोरोनाबाट थप १७ को मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौँ, ७ कात्तिक

आज शुक्रबार नेपालमा ४ हजार ४९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न ल्याबमा गरिएको परिक्षणमा ४ हजार ४९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । योसँगै नेपालमा कोरोना सँक्रमितको सँख्या १ लाख ५० हजार नाघेको छ । हालसम्म नेपालमा १ लाख ५३ हजार ८ जनामा कोरोना सँक्रमण पुष्टी भईसकेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ६६८ जना कोरोना भाईरस मुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना भाईरस मुक्त हुनेको सँख्या १ हजार ५ हजार ४८८ जना पुगेको छ । डा. गौतमका अनुसार देशभर ४६ हजार ६९१ जना विभिन्न आईसोलेसनमा उपचाररत छन् । यस्तै विभिन्न क्वारेन्टिनमा ३ हजार ५९० जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा १७ जना कोरोना सँक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या ८२९ पुगेको पनि डा. गौतमले बताएका छन् ।