पत्रकार पुरुषोत्तम ढकालले ल्याए भगवानलाई प्रश्न र बोर्डरलेस ड्रिम


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ कात्तिक

पूर्व प्रधानमन्त्री तथा नेकपा नेता माधव कुमार नेपालले नयाँ बानेश्वर थापागाउँ स्थित कुन्ज थियटरमा एक साथ २ पुस्तक लोकापर्ण गरेका छन् । सोही कार्यक्रममा स्वर्णिम साँझमा जे भयो भयो जीवनको एउटा कहानी भयो…को भिडियो पुर्व अर्थमन्त्री रामशरण महतले सार्वजनिक गरे ।

नुवाकोटको ढिकुरेमा जन्मेर नेपालका विभिन्न पत्रपत्रिका र टेलिभिजनमा काम गर्दै हाल अमेरिकाको लस एन्जलसमा बसेर नेपालीहरुको लागि अंग्रेजीमा नेपाल ट्वान्टी फोर आवर डटकम चलाईरहेका छन् ।

कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले भने, “पुरुषोत्तम जीको गीत र पुस्तकले नेपालको प्राकृतिक सौन्दर्यलाई र संस्कारलाई संसारमा नेपाल चिनाउने काम गरेको र अमेरिमामा पनि ढकालको ध्यान , सोच र चिन्तन नेपाली रहेको देखिन्छ ।”

अर्का अतिथि रामशरण महतले नेपालमा पत्रकारिता गर्दा पनि अब्बल कलम चलाउने पुरुषोत्तम सिर्जनात्मक मान्छे भएकोले नै पुस्तकमा र गीतमा मानवीय प्रेम , प्रकति प्रेम , राजनैतिक , अध्यात्मिक , ब्यंगात्मक लगायत विभिन्न बिषयमा लेखिएको छ भने ।

कार्यक्रममा बोल्दै पुर्व मन्त्री रघुजी पन्तले भने,“विश्व साहित्यमा जसरी सोभियत क्रान्ति अघि र पछिका कविता भनेर बहश गरिन्छ नेपालमा पनि गणतन्त्र अघि र पछिका कविता भनेर बहश गर्न सकिन्छ र पुरुषोत्तम ढकालको कविताले पनि त्यो बहश गर्ने सामथ्र्य राख्दछ ।”

कार्यक्रममा बोल्दै कवि श्यामलले भने, “कविताले र राजनीतिले परिस्कार खोज्ने र जनताले पनि आफुलाई परिस्कार गरिहनु पर्ने भएकोले कविता यहि पर्याप्त नभए पनि यो खुड्किलो बाट कवि अगाडी जानु भन्दै शुभकामना छ , राजनीतिज्ञले पुरुषोत्तमका कविताबाट धेरै सिक्न सक्दछ ।”

लेखक पुरुषोत्तम ढकालले आफुले पत्रकारिता गर्दा जीवनका धेरै तल्ला देखि माथिल्लो तह र तप्काको ज्ञान भएको र संप्तरङ्गी जीवनमा कविता र गीतले पछ्याएकोले पत्रकारिता र साहित्य प्रवासमा बसेर पनि लेख्न नछाडेको बताए ।

कार्यक्रममा प्राडा खगेन्द्र लुईटेलले प्रसस्त चेतना बोकेको गीत र कविताले पुरुषोत्तम ढकालको लेखनको भविष्य उज्यालो रहेको बताए ।