आज ३६३७ जना सँक्रमित, कोरोनबाट थप २१ जनाको निधन 


ब्युटी न्युज नेपाल

काठमाडौं, ६ कात्तिक

आज बिहिबार नेपालमा ३ हजार ६३७ जनामा कोरोना सँक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मुलुकका विभिन्न ल्याबमा १५ हजार १५५ जनाको स्वाब परिक्षण गर्दा ३ हजार ६३७ जनामा कोरोना सँक्रमण पुष्टी भएको हो । यो सँगै हालसम्म नेपालमा १ लाख ४८ हजार ५०९ जनामा हालसम्म कोरोना सँक्रमण भईसकेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ५५२ सँक्रमित भएका छन् । जस मध्य काठमाडौंमा १ हजार २८३ जना, भक्तपुरमा ११२ जना र ललितपुरमा १५७ जना सँक्रमित रहेको पनि डा. गौतमले बताए ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट ३ हजार २१५ जना मुक्त भएको पनि डा. गौतमले बताए । यो सँगै नेपालमा हालसम्म १ लाख २ हजार ८२० जना कोरोना सँक्रमण मुक्त भईसकेका छन् ।

३ हजार ७५१ जना यतीबेला विभिन्न क्वारेन्टाईनमा रहेको पनि डा. गौतमले बताए । यस्तै ४४ हजार ८७७ सक्रिय सँक्रमित यतीबेला विभिन्न आईसोलेसन सेन्टरमा उपचाररत छन् ।

नेपालमा पछिल्लो २४ घन्टामा कोरोना सँक्रमणबाट २१ जनाको निधन भएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या ८१२ जना पुगेको पनि डा. गौतमले बताए ।