द भाइब्ज व्याण्डले दशैंलाई ल्यायो मात्र तिमी….

ब्युटी न्युज नेपाल
काठमाडौं, ४ कात्तिक

लोकप्रिय नेप्लीज अमेरिकन रक व्याण्ड द भाइब्ज व्याण्ड पछिल्लो समय फेरी सक्रिय भएको छ । यो ब्यान्डले विजया दशमीको सांगितीक उपहारस्वरुप रमाईलो म्युजिक भिडियोसहित नयाँ गीत सार्वजनिक गरेको छ ।

व्याण्डले विजया दशमी २०७७ का अवसरमा मात्र तिमी…गीतको भिडियोसहित सार्वजनिक गरेको हो । अमेरिकाको क्यालिफोर्नियास्थित शान्ता रोजामा छायांकन गरिएको म्युजिक भिडियो दीपक बजमनको छायांकन र निर्देशनमा तयार भएको हो। भिडियोमा व्याण्डका गितारिष्ट रुपक लामा र उनको पत्नी इन्दिरा राईले अभिनय गरेका छन् ।

भाइब्जको म्युजिक भिडियो हाईलाईट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । द भाइब्ज व्याण्डले केही अघि मात्र आफ्नो लोकप्रिय गीतलाई नयाँ भर्सनमा तयार पारी सार्वजनिक गरेको थियो। व्याण्डले २० वर्षअघि नै सार्वजनिक भई लोकप्रियता कमाउन सफल व्याण्डको कुनै जादुु बोलको गीत अनप्लग्ड भर्सनमा ल्याएको थियो ।

Posts Middle Ads (750px wide)

द भाइब्ज व्याण्ड अमेरिकाको सन्त रोसामा रहेका उत्साहित सांगितीक युवाहरुले स्थापना गरेको व्याण्ड हो । व्याण्डले गठन भएको ४ वर्षको
मेहनतपछि स्तरिय नेपाली रक गीत संगीतहरुलाई समावेश गरेर पहिलोपटक सन् २००९ मा द भाइब्ज जेनेरेशनको नाममा रक गिती अडियो एलबम सार्वजनिक गरेको थियो। पहिलो एलबमबाटै वाहवाही पाए पनि व्याण्डले दोस्रो एलबम सार्वजनिक गर्नका लागि अर्को ४ वर्ष कुर्यो ।

सन् २०१३ मा दोस्रो एलबम को हुँ म बजारमा ल्यायो । पहिलो एलबम ल्याएलगत्तै सन् २००९ को हिट्स एफएम अवार्ड र इमेज अवार्ड चुमिसकेको द भाइव्ज व्याण्ड संगीत क्षेत्रमा केही गर्ने उच्च महत्वकांक्षाका साथ मूख्यतया ३ उत्साहि युवाले गठन गरेका थिए ।

व्याण्डमा दिरेकललाल श्रेष्ठड्रमर, प्रइन सिंह भोकलिष्ट ररुपक लामा गितारिष्ट रहेका छन्। व्याण्डले खै के भो…, थाकी सके…, त्यही पल…, आमा…, फसें म… र हाम्रो तारा… बोलका गीतमाथिको म्युजिक भिडियोबाट समेत ख्याति आर्जन गरिसकेको छ ।

After Posts Ad 2 (750px wide)

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More