ब्युटी न्यूज नेपाल
काठमाडौं, ४ कार्तिक

सुबिन भट्टराईको चर्चित कृति ‘समर लभ’ मा आधारित सिनेमा ‘समर लभ’ले यही फूलपातीबाट स्याटालाइट यात्राथालेको छ । निर्देशक मुस्कान ढकालले फिल्म दसैंको अवसर पारेर फूलपातीबाट डिसहोममार्फत् सार्वजनिकहुने जानकारी गराए । ढकालका अनुसार फिल्म डिसहोमको च्यानलनम्बर ८ मा हेर्न सकिनेछ ।
ह्लमाप्रदर्शन भएको लामो समयपछि फिल्म स्याटालाइटमा आउनलागेको हो । ढकालले दसैंमा फिल्म हेर्ने दर्शकको परम्परालाई जिवन्त राख्न टिभीमै भएपनि रिलिज गर्न लागेको जानकारी गराए ।

‘दसैंमा नेपालीफिल्म हेर्ने दर्शक परम्परा रहीआएको छ । यो सालमहामारीका कारण नयाँफिल्म रिलिजहुन सकेका छैनन् । दसैं खल्लो नहोस् भनेर हामीले टिभीमै भएपनि रिलिज गर्ने निर्णय गरेका हौं,’ मुस्कानले भने । दर्शकले २ सय २५मा सपरिवार फिल्म हेर्न सक्नेछन् ।

डिसहोमको प्रदर्शनपछि फिल्मम्याक्स प्लेयर र नेट टिभीमा पनि रिलिज गर्ने तयारी भइरहेको छ । मुस्कानले फिल्मतत्कालै युट्युबमाभने रिलिजनहुने जानकारी गराएका छन् ।

सुरज सिंह ठकुरी, आशिष पिया, रेवती क्षेत्री, शिशिर भण्डारी आदिकलाकारको अभिनय रहेको फिल्मगत सालको माघ २५ मा हलमा रिलिजभएको थियो । फिल्ममा सञ्जय लामाको छायांकन र पुष्पन प्रधानको संगीत रहेको छ ।