दीपक र मेलिनाको निश्चल मायामा केकी र सौरभ


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ कात्तिक

दीपक चौलागाईं र मेलिना राइको स्वरमा नयाँ गीत सागर भन्दा निश्चल माया…को भिडियो रिलिज भएको छ । रोनिङ राइको शब्द, दीपक चौलागाईं र रोनिङ राइको संगीत रहेको गीतमा बाल गायक आयुश केसीको रहेको छ ।

यो गीतको भिडियोमा केकी अधिकारी, गौरभ शाही र बालकलाकारमा अकेसा पोखरेल, युजेस न्यौपाने, आइन्स चौलागाईंको अभिनय छ । अमन बडुले छायाँकन गरेको भिडियोलाई क्षितिज कुलुङ्गले एरेन्ज गरेका हुन ।प्रिज्मा स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियो ओएसआर डिजिटलबाट रिलिज गरिएको हो ।