आज नेपालमा ३७९० जना सँक्रमित, कोरोनाबाट थप १८ को मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ कात्तिक

नेपालमा आज सोमबार ३ हजार ७९० जनामा कोरोना सँक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशका विभिन्न प्रयोगशालामा २४ घण्टामा १५ हजार ७१४ जनाको पिसिआर परीक्षण गरिएकोमा ३ हजार ७९० जनामा कोरोना सँक्रमण पुष्टी भएको हो । यससँगै नेपालमा कोरोना भाइरसबाट सँक्रमित हुनेको कुल सँख्या १ लाख ३६ हजार ३६ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३३५ सँक्रमित निको भएको पनि डा. गौतमले बताए । योसँगै हालसम्म ९४ हजार ५०१ जना कोरोना भाइरसबाट मुक्त भई सकेका छन् ।

यस्तै यतीबेला देशभर ४० हजार ७७८ सक्रिय सँक्रमित उपचारमा रहेको पनि डा. गौतमले बताए । त्यसैगरी ४ हजार ४७० जना विभिन्न क्वारेन्टिनमा रहेका छन् ।

यस्तै  कोरोना भाइरसको सङ्क्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७५७ पुगेको डा. गौतमले बताए ।