बरिष्ट ब्युटिसियन सोनी कारंजितद्धारा ब्युटिसियन ट्यालेन्ट नेपाल २०२० लिनाको पार्लर उद्घाटन


ब्युटी न्युज नेपाल
काठमाडौं, २ कात्तिक

बिगत लामो समयदेखि ब्युटिसियन पेशामा सक्रिय ब्युटिसियन ट्यालेन्ट नेपाल(२०२० सिजन ३ को बिजेता लिना डंगोलले आफ्नो नयाँ ब्युटिपार्लर सञ्चालन गरेकी छिन् । उनले ललितपुरको इमाडोल स्थित कमलपोखरीमा स्थपना गरेको लिना ब्युटी जोन हेयर एण्ड मेकअपको आईतबार बरिष्ट ब्युटिसियन तथा रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर एवम् रोज सिप विकाश तालिक केन्द्रकी अध्यक्ष सोनी कारंजितले रिवन काटेर उद्घाटन गरिन् । बरिष्ट ब्युटिसियन सोनी कारंजितको प्रमुख आतिथ्यमा सम्पन्न सो उद्घाटन समारोहका अतिथिमा सञ्चारकर्मी सूर्य चन्द, ब्युटिसियनहरु रिना अवाले, रचना शाक्य, रेणु शाक्य राना, फेशन डिजाईनर इन्ता श्रेष्ठलगायत थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् बरिष्ट ब्युटिसियन सोनी कारंजितले ब्युटिसियन ट्यालेन्ट नेपाल २०२० की बिजेता लिना डंगोल आफैंमा निकै प्रभावशाली मेकअप आर्टिस्ट भएको बताईन् । लामो समय देखि ब्युटिसियन पेशामा सक्रिय लिनाले आफुलाई एक कुलश ब्युटिसियनको रुपमा प्रमाणित गरिसकेकाले उनले नयाँ मेकअप स्टुडियो तथा पार्लरबाट कस्टमरको मन जित्ने विश्वास बरिष्ट ब्युटिसियन सोनीले ब्यक्त गरिन् । उनको लिनाको उज्जल भबिष्यको कामना गरिन् ।

यस्तै संचारकर्मी सुर्य चन्दले केक काट्दै लिनालाई बधाई तथा शुभकामना दिएका थिए । ब्युटिसियन रिना अवाले, रेणु शाक्य, रचना शाक्य लगायतले पनि लिनालाई शुभकामना ब्यक्त गरे ।

लिनाले उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अतिथिहरुलाई स्वागत गर्दै लिना ब्युटी जोन हेयर एण्ड मेकअप अत्याधुनिक प्रबिधियुक्त गुणस्तरीय व्युटिपार्लर भएको जानकारी गराईन् । विभिन्न प्रशिक्षण पछि व्युटिसियन पेशामा आफु लामो समयदेखि आबद्ध भएको उनले बताईन् । ललितपुर इमाडोल क्षेत्रका कस्टमरलाई मध्येनजर राख्दै आफुले सुविधा सम्पन्न र गुणस्तरीय पार्लर सञ्चालनमा ल्याएको र उद्घाटनको केही दिनसम्म छुट्को व्यबस्था गरेको लिनाले बताईन् ।